दफा
कार्यकारी समितिको गठन
: (१) परिषद्‌बाट स्वीकृत नीति तथा योजनाको कार्यान्वयन गर्ने, गराउने काम समेतका लागि एक कार्यकारी समिति रहनेछ ।
(२) कार्यकारी समितिको गठन देहाय बमोजिम हुनेछ :-
(क)   नेपाल सरकारको गृह मन्त्री              -अध्यक्ष
(ख)    नेपाल सरकारको सहरी विकास, स्वास्थ्य,
सङ्घीय मामिला तथा स्थानीय विकास
सम्बन्धी विषय हेर्ने मन्त्रीहरु              -सदस्य
(ग)   नेपाल सरकारका मन्त्रालयका सचिवहरु     -सदस्य
(घ)  नेपाल सरकार, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयको सचिव          -सदस्य
(ङ)   रथी, नेपाली सेना                       -सदस्य
(च)   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल
तथा राष्ट्रिय अनुसन्धान विभागका
प्रमुखहरु                              -सदस्य
(छ)   कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैङ्क         -सदस्य
(ज)   अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण          -सदस्य
(झ)   सदस्य-सचिव, समाजकल्याण परिषद्         -सदस्य
(ञ)   अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स          -सदस्य
(ट)   अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी           -सदस्य
(ठ)   अध्यक्ष, नेपाल उद्योग वाणिज्य
महासङ्घ                               -सदस्य
(ड)    कार्यकारी प्रमुख                   -सदस्य सचिव